• Menu

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

नेपाल प्रफिट

२०८२ वैशाख ३, बुधबार १६:३५

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

एजेन्सी । कोभिड-१९ संकटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।

संगठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ ।

‘यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्वपूर्ण कोसेढुङ्गा हो,’ डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए ।

कोभिड-१९ ले लाखौँ मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच-५एन-१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा लगाएतका विषयहरू वार्तामा समावेश थिए ।

सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो ।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्