• Menu

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

नेपाल प्रफिट

२०८२ वैशाख ३, बुधबार १५:४२

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्ये ७ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ अंकमा ‌उक्लिएको हो ।

आज ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने १४७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोडको कारोबार भएकामा आज ७ अर्ब २६ करोड ५१ लाखको कारोबार भयो । २ कम्पनीको स्थिर रह्यो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बलेफी हाइड्रोपावर, रादी विद्युत कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक १.११, निर्जिवनबीमा ०.५५ जिवनबीमा ०.०५, म्युचुअल फन्डको ०.३६, हाइड्रोपावर १.६३, र बैंकिङको ०.३९, व्यापार ०.११ प्रतिशत मूल्य बढेको छ ।

। लघुवित्त ०.०६, उत्पादन तथा प्रशोधन ०.१६, होटल तथा पर्यटन ०.१६, वित्त समुह ०.६७, अन्य १.०७, लगानी ०.३५ प्रतिशत मूल्य घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ रिभर फल्स नेपालको २.७० र मन्दाकिनी हाइड्रोपावरको २.५१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावरको सबैभन्दा धेरै ५९ करोड ४१ लाख बारबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्