• Menu

सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार पुग्यो

नेपाल प्रफिट

२०८२ वैशाख ३, बुधबार ११:१५

सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार अप्रत्याशित रूपमा बढेको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्