• Menu

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

नेपाल प्रफिट

२०८२ वैशाख २, १३:५८

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन् ।

पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका-१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा मंगलबार आयोजित छलफलमा उनले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि चिकित्सालयलाई संघीय सरकारबाट १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उनले खुसी व्यक्त गरे । छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्