काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ९ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ अंकमा ओर्लिएको हो ।
आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । एक कम्पनीको स्थिर रह्यो । आइतबार कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएकामा आज ६ अर्ब २८ करोड २ लाखको कारोबार भयो ।
आज गुड्विल फाइनान्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत ६.३० , गुँरास लघुवित्त ४.८५, राधी विद्युत कम्पनीको ४.८१, आत्मनिर्भर विद्युत ४.६४ र रवा इनर्जि डेभलप्मेनटको ४.६३ प्रतिशत मूल्य बढ्यो ।
लगानी सबै भन्दा धेरै १.६८ प्रतिशत मूल्य बढेको छ भने होटल तथा पर्यटन ०.१४, म्युचुअल फन्डको ०.२६ र निर्जिवनबीमा ०.०८ प्रतिशत बढ्यो ।
त्यस्तै, जिवनबीमा ०.६१, अन्य ०.८०, उत्पादन तथा प्रशोधन ०.८४, विकास बैंक ०.७७, हाइड्रोपावर ०.४५, लघुवित्त ०.२६, वित्त समुह ०.८८,व्यापार १.४० र बैंकिङको ०.२१ प्रतिशत मूल्य घटेको छ ।
विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक र बलेफी हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ७.७१, इङवा हाइड्रोपावर ३.५१, न्यादी हाइड्रोपावर ४.६५ र सिक्लेस हाइड्रोपावरको ३.८० प्रतिशत मूल्य घट्यो ।