• Menu

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ चैत ३१, १४:१०

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्युहुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्