काठमाडौं । नेपाली बजारमा सुन आज (आइतबार) पनि मूल्य वृद्धिले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको भाउले बिहीबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको छ ।
शुक्रबार एकैदिन प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन, आज थप महँगिएको छ । शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला एक हजार रुपैयाँले बढी हो ।
यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँको बढेको छ ।
अन्तर्राष्ट्रिय बजारको तथ्यांकलाई हेर्ने हो भने, आज सुन प्रतिऔंस तीन हजार दुई सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।