• Menu

मनै लोभ्याउने यारुझो डाँडा

नेपाल प्रफिट

२०८१ चैत ३०, शनिबार १६:५९

मनै लोभ्याउने यारुझो डाँडा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको यारुझो डाँडा पर्यटकको पर्खाइमा छ । पूर्वाधार तयार भए पनि प्रचारप्रसारको कमीले दृश्य अवलोकनका लागि उपयुक्त यारुझो डाँडा ओझेलमा परेको हो ।

जोमसोमदेखि दुई घण्टा उकालो पैदलयात्रा र जोमसोम–ठिनी हुँदै ४५ मिनेटको मोटरयात्रामा यारुझो हिल पुग्न सकिन्छ । समुद्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा यारुझो हिल अवस्थित छ ।

डाँडा याकको सिङ जस्तै आकारको रहेकाले यसको नाम थकाली भाषामा यारुझो (याको अर्थ याक, रुको अर्थ सिङ र झोको अर्थ डाँडा हुन्छ) राखिएको हो ।

यहाँबाट धवलागिरि, निलगिरि हिमाल, मानापाथी, टुकुचे, स्याङ, घम्पुस पिक, तिलिचो हिमाल, मेसोकोन्दो पिक र कोरला नाकादेखि लेतेसम्म मुस्ताङको अधिकांश भूगोलको अवलोकन गर्न सकिन्छ ।

जोमसोम, मार्फा, कागबेनी र नागबेली परेर बगेको कालीगण्डकी नदीलाई नियाल्न यारुझो हिल उपयुक्त गन्तव्य हो । यारुझो हिलनजिकै क्यापिङ पनि गर्न सकिन्छ । डाँडासम्म ठिनी हुँदै सडक पुगेको छ । जोमसोम देखि यारुझो डाँडासम्म पदमार्ग पनि निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्