काठमाडौं । विगतका वर्षहरू झैं वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :
राजनीतिक
वैशाख १७ गते- बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी ।
वैशाख १८ गते- इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी ।
वैशाख २७ गते- नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते- सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।
जेठ ७ गते- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।
जेठ १४ गते- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।
जेठ २३ गते- मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।
जेठ २५ गते- मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।
असार १९ गते- सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।
असार २० गते- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।
असार २२ गते- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
असार २८ गते- विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।
असार ३० गते- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।
साउन ६ गते- प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
साउन ८ गते- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।
साउन २० गते- नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
भदौ ३१ गते- संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।
पुस ८ गते- प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
चैत ५ गते- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
चैत १५ गते- पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा कर्फ्यु आदेश ।
चैत २० गते- नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सुरू ।
कूटनीतिक
वैशाख ११ गते- कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
जेठ २७ गते- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
जेठ २९ गते- राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
असार १ गते- राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
भदौ १० गते- ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
असोज ४ गते- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान ।
कात्तिक २५ गते- राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।
मंसिर १६ गते- प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
चैत १९ गते- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।
अपराध
वैशाख १३ गते- रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
वैशाख २७ गते- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी ।
जेठ २ गते- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।
कात्तिक २ गते- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
कात्तिक २० गते- गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
चैत ५ गते- काठमाडौँको टोखाबाट करिब २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बरामद ।
चैत २९ गते- काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट पक्राउ ।
पूर्वाधार निर्माण
वैशाख ३ गते- नागढुंगा-सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।
माघ १३ गते- राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।
आर्थिक गतिविधि
वैशाख १५ गते- काठमाडौंमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
जेठ १५ गते- सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
माघ १४ गते- अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
चैत ९ गते- एमसीसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।
खेलकुद र पर्वतारोहण
जेठ ९ गते- कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३०औँ पटक सगरमाथा शिखरमा ।
जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी मेन्स टी-२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।
पुस ६ गते- जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।
विविध
असार ९ गते- अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
साउन ३० गते- बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
भदौ १३ गते- मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
कात्तिक १४ गते- तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।
मंसिर २ गते- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन ।
मंसिर ६ गते- राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान ।
मंसिर २० गते- विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।
फागुन ३ गते- संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।
फागुन ४ गते- भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढंगबाट मृत्यु ।
फागुन २९ गते- साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।
चैत १ गते- उपभोक्ता अदालत गठन ।
चैत ४ गते- नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त ।
चैत ९ गते- राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।
चैत ११ गते- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
चैत १७ गते- लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।
चैत २४ गते- राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।
घटना-दुर्घटना
असार १७ गते- रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।
असार २८ गते- नारायणगढ-मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।
साउन ९ गते- काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
साउन २३ गते- काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।
भदौ ३ गते- बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।
भदौ ७ गते- भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।
भदौ ९ गते- रामेछापको दोरम्बा सैलुङ गाउँपालिका-३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।
असोज १२ गते- अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।
असोज १३ गते- दुई दिनदेखिको वर्षाका कारण काठमाडौं आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।
असोज १७ गते- काभ्रेको तेमाल गाउँपालिका-२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु ।
असोज ३० गते- महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
मंसिर १४ गते- रामेछापको गोकुलगंगा गाउँपालिका-६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।
माघ २६ गते- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal