• Menu

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ चैत २९, शुक्रबार १४:३०

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार  असिना पानीका कारण २५ जनाको मृत्यु भएको  बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको संख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्