• Menu

दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

नेपाल प्रफिट

२०८१ चैत २८, २१:२७

दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै
फाइल तस्बिर ।

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकारका रूपमा चिनिएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ ।

तीनकुनेमा भएको सो प्रदर्शन नियन्त्रणबाहिर गएपछि दुई जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले प्रसाईंको खोजी जारी राखेको थियो । घटनाको समयमा प्रसाईंले प्रहरीलाई गाडीले ठक्कर दिई फरार भएका थिए ।

घटनापछि केही समय सम्पर्कविहीन रहेका प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू जारी गर्दै आफू फरार नभएको दाबी गर्दै आएका थिए । यद्यपि, उनको स्थान पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रशासन व्यापक आलोचनाको सामना गर्दै आएको थियो।

अब उनी पक्राउ परी नेपाल ल्याइँदै गरेको खबरसँगै तीनकुने घटनाको छानबिनले नयाँ मोड लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्