• Menu

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ५ अर्ब ६३ करोडको कारोबार  

नेपाल प्रफिट

२०८१ चैत २८, १५:३७

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ५ अर्ब ६३ करोडको कारोबार  

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १० उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ५.५७ अंकले घटेर २६७०.७० अंकमा ‌ओर्लिएको हो ।

आज १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । एक कम्पनीको स्थिर रह्यो । बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएकामा आज ५ अर्ब ६३ करोड ७९ लाखको कारोबार भयो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स ९.९८, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ९.९८, सिन्धु विकास बैंक ७.९८, विन नेपाललघुवित्त ७.२८, दिव्यश्वरी हाइड्रोपावर ५.९०, मेन्चियम हाइड्रोपावर ५.५७, नाङ्दी ग्रुप पावर ५.२२ र राधी विद्युत कम्पनीको ४.६५ प्रतिशत मूल्य बढ्यो ।  विकास बैंक ०.०३, हाइड्रोपावर ०.०९, लघुवित्त ०.३८, म्युचुअल फन्डको ०.१५ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, जिवनबीमा ०.३२, अन्य ०.९०, उत्पादन तथा प्रशोधन ०.८७, लगानी ०.२९, निर्जिवनबीमा ०.२० र वित्त समुह ०.४९, होटल तथा पर्यटन ०.४१, व्यापार ०.११ र बैंकिङको ०.०९ प्रतिशत मूल्य घटेको छ ।

बोटलर्स नेपाल ४.३७, हिमालयन पावर २.७२, शुभम पावर २.४५ र नेपाल रिपब्लिक मिडियाको २.४५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा रादी विद्युतको सबैभन्दा धेरै ३५ करोड ९४ लाख बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्