• Menu

महासंघको साधारण सभामा चन्द्र ढकालले प्रधानमन्त्री ओलीलाई सुनाए समृद्धिका ५ मन्त्र

नेपाल प्रफिट

२०८१ चैत २८, १३:५९

महासंघको साधारण सभामा चन्द्र ढकालले प्रधानमन्त्री ओलीलाई सुनाए समृद्धिका ५ मन्त्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धि ५ मन्त्र सुनाएका छन् ।

‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लिएको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अध्यक्ष ढकालले नै समृद्धिका मन्त्र सुनाएका हुन् ।

विगतमा अलि नरम रुपमा प्रस्तुत हुने उनी आजको कार्यक्रममा राजनीतिक नेतृत्वप्रति निकै कडा रुपमा उपस्थित भए । हामीले चाहिनेभन्दा बढी सतर्क भएका कारण र धेरै कुरा नियन्त्रण गर्न खोजेका कारण राजस्व पनि गुमाएको र औपचारिक च्यानलबाट हुने गरेको व्यापार अनौपचारिक बनेको अध्यक्ष ढकालले बताए ।

‘अनौपचारिक आयात संस्थागत भयो । गाडी र मोटरसाइकलबाहेक सबै सामग्री अनौपचारिक रुपमा भित्रियो । त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन दिएको छैन,’ उनले भने ।

यस्ता छन्, ढकालले प्रधानमन्त्रीलाई सुनाएका समृद्धिका ५ मन्त्र-

सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू हाम्रा माग साना छन्, यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ :

काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ ।

लगानी गर्ने उद्यमीको मनोबल बढाइदिऊँ ।

सुरक्षा माग्ने जनतालाई ढाडस दिएर काम गरिदिऊँ ।

राजस्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिऊँ ।

रोजगारी दिने निजी क्षेत्रलाई अपमानित नगरौँ ।

प्रतिक्रिया दिनुहोस्