• Menu

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, एकैदिनमा प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढ्यो

नेपाल प्रफिट

२०८१ चैत २८, ११:२०

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, एकैदिनमा प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

यसअघि चैत २१ गते प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ मा कारोबार भएको सुन, आजको मूल्यसँग तुलना गर्दा ८ सय रुपैयाँले बढेको हो ।

बुधबार सुनको मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँ थियो । त्यस दिनको तुलनामा आज प्रतितोला ५ हजार ७ सय रुपैयाँले सुन महँगिएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ मा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ, अघिल्लो दिनको तुलनामा चाँदी ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज प्रतिऔंस सुनको मूल्य ३१ सय ३० अमेरिकी डलर मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्