• Menu

दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

नेपाल प्रफिट

२०८१ चैत २८, १०:३८

दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

तनहुँ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए ।  नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्