• Menu

विदेश गएका युवाले ८ महिनामा पठाए साढे १० खर्ब, बिदेसिनेको संख्यामा उच्च वृद्धि

नेपाल प्रफिट

२०८१ चैत २७, बुधबार २०:५८

विदेश गएका युवाले ८ महिनामा पठाए साढे १० खर्ब, बिदेसिनेको संख्यामा उच्च वृद्धि

काठमाडौं । विदेशमा रहेका युवाले आठ महिनामा साढे १० खर्ब रेमिट्यान्स पठाएका छन् । साउनदेखि फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष रेमिट्यान्स आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद द्वितीय आय १० खर्ब ४१ अर्ब ९९ करोड थियो ।

आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ३५२ थियो भने पुन: लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो ।

प्रतिक्रिया दिनुहोस्