काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ११ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ अंकमा उक्लिएको हो ।
आज ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १५४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । एक कम्पनीको स्थिर रह्यो । बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ३० करोडको कारोबार भएकामा आज ४ अर्ब ४८ करोड ४६ लाखको कारोबार भयो ।
आज नेपाल माइक्रो इन्स्योरेन्स ९.९८, विन नेपाल लघुवित्त ७.९९, बोटलर्स नेपाल ५.१६, सोल्टी होटल ३.९२ र ङग्दी ग्रुप पावरको ३.३६ प्रतिशत मूल्य बढ्यो । होटल तथा पर्यटन समुह सबै भन्दा धेरै २.४४ प्रतिशत बढेको छ ।
त्यस्तै, जिवनबीमा ०.२२, अन्य ०.३६, विकास बैंक ०.३४, हाइड्रोपावर ०.०८, उत्पादन तथा प्रशोधन १.३६, लगानी १.४८,लघुवित्त ०.२२, म्युचुअल फन्ड ०.५९ निर्जिवनबीमा ०.६५ र वित्त समुहको ०.३४ प्रतिशत मूल्य बढ्यो भने व्यापार ०.७० र बैंकिङ समुहको ०.३० प्रतिशत मूल्य घटेको छ ।
सिन्धु विकास बैंक ७.४, गुँरास लघुवित्त २.७३, अपर सोलु हाइड्रो २.३५ र बाराही हाइड्रोपावरको २.१६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै ४२ करोड ७५ लाख बराबरको कारोबार भयो ।