काठमाडौं । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजारले बढेर १ लाख ७५ हजार ४ सय रूपैयाँ कायम भएको छ । गत शुक्रबारदेखि घटेको सुनको भाउ आज पुन: बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३०१७.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ ।