• Menu

सामान्य अंकले घट्यो सेयर बजार, १२१ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८१ चैत २६, १५:५३

सामान्य अंकले घट्यो सेयर बजार, १२१ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ९ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ अंकमा झरेको हो ।

आज १२३ कम्पनीको सेयर मूल्य घटेको छ भने १२१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएकामा आज ५ अर्ब ३० करोड ९५ लाखको कारोबार भयो ।

आज बोटलर्स नेपाल, नेपाल माइक्रो इन्स्योरेन्स र विन नेपाललघुवित्तमा सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युतको ४.०४ र गुँरास लघुवित्तको ३.९३ प्रतिशत मूल्य बढ्यो । उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै १.५७ प्रतिशत बढेको छ भने व्यापार ०.७०, निर्जिवनबीमा ०.१३ र वित्त समुह ०.६० प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, जिवनबीमा ०.१७, अन्य ०.५७, बैंकिङ ०.३०, विकास बैंक ०.१६, हाइड्रोपावर ०.४९, होटल तथा पर्यटन ०.४८, लगानी ०.२५,लघुवित्त ०.०८, म्युचुअल फन्ड ०.१५ प्रतिशत मूल्य घटेको छ ।

बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै ५९ करोड १४ लाख बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्