• Menu

सेयर बजार ३३ अंकले घट्यो, सबै उपसमूह राताम्य

नेपाल प्रफिट

२०८१ चैत २५, १६:२९

सेयर बजार ३३ अंकले घट्यो, सबै उपसमूह राताम्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ३३.३३ अंकले बढेर २६७०.०६ अंकमा झरेको हो ।

आज २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सोमबार कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब ४४ करोडको कारोबार भएकामा आज ५ अर्ब ६५ करोड ८९ लाखको कारोबार भयो ।

आज बुटवल पावर कम्पनीको ७.४६, बराही हाइड्रोपावर ६.६३, सिन्धु विकास बैंकको ६.४४, उन्नति गार्डियन लघुवित्तको ६.११, माइक्रो लाइफ इन्स्योरेन्सको २.८२ र आत्मानिर्भर लघुवित्तको २.६९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, जिवनबीमा ०.८१, अन्य ०.५१, बैंकिङ ०.९०, विकास बैंक १.२६, हाइड्रोपावर १.२७, होटल तथा पर्यटन १.३१, वित्त २.०६, लगानी १.४२,लघुवित्त १.०४, म्युचुअल फन्ड ०.०७, उत्पादन तथा प्रशोधन १.३५, निर्जीवन बीमाको १.२७ प्रतिशत मूल्य घटेको छ । व्यापार समुह सबै भन्दा धेरै ३.३० प्रतिशत घट्यो ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ९.०९, हिमालयन पावर पार्टनरको ४.३२, सम्वृद्धी फाइनान्सको ४.०१, श्वेतगंगा हाइड्रोपावरको ३.९८ र सिक्लेस हाइड्रोपावरको ३.८८ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्