• Menu

भारतीय सेयर बजारमा उच्च गिरावट, सञ्चारमाध्यममा ‘बजार क्रयास’ भएको टिप्पणी

नेपाल प्रफिट

२०८१ चैत २५, १३:२०

भारतीय सेयर बजारमा उच्च गिरावट, सञ्चारमाध्यममा ‘बजार क्रयास’ भएको टिप्पणी

काठमाडौं । भारतीय सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अप्रिल ४ (शुक्रबार)को तुलनामा आज (अप्रिल ७) मा बीएसई सेन्सेक्स, निफ्टीलगायतमा भारी गिरावट आएको हो ।

बीएसई सेन्सेक्स एकैपटक तीन हजार अंकभन्दा धेरैले घटेको छ । शुक्रबार ७५ हजार ३६४ अंकमा बन्द भएको बीएसई सेन्सेक्स सोमबार कारोबार खुलेको पाँच मिनेटमै ७२ हजार ४७५ अंकमा झरेको हो ।

त्यस्तै निफ्टी ५० मा पनि उच्च गिरावट आएको छ । शुक्रबार २२ हजार ९१५ अंकमा बन्द भएको बजार आज साढे १२ बजेसम्ममा एक हजार ७० अंकले घटेर २१ हजार ८४५ अंकमा ओर्लिएको छ ।

एकैपटकको उच्च अंकको गिरावटलाई भारतीय सञ्चारमाध्यमले ‘बजार क्रयास’ भनेर टिप्पणी गरेका छन् । मार्च २५ देखि नै भारतीय सेयर बजारमा लगातार गिरावट आइरहेको छ । मार्च २५ मा बीएसई सेन्सेक्स  २८ हजार १७ अंकमा थियो भने २३ हजार ६६८ अंकमा निफ्टी ५० थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लाग्ने भन्सार करमा अतिरिक्त २६ प्रतिशत कर घोषणा गरेपछि सेयर बजार प्रभावित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी नयाँ भन्सार कर घोषणाले भारतीयसँगै विश्वभरका सेयर बजारमा भारी गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्