काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्दै आएको सुनको भाउले सोमबार पनि गिरावट कायम राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घट्दै १ लाख ७३ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार ९ सय रूपैयाँले घटेको थियो भने आइतबार १ हजार ९ सय रूपैयाँले घटेको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ३० रूपैयाँले बढेर १ हजार ८ सय ३० रूपैयाँमा पुगेको छ।