बैङकक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल सांग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिम्स्टेकको सचिवालय बंगालदेहको ढाकामा रहेको छ ।