काठमाडौं । नेपाली बजारमा निरन्तर बढ्दै आएको सुनको मूल्य बुधबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १,७९,१०० रुपैयाँमा कारोबार भइरहेको छ, मंगलबारको तुलनामा ६०० रुपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला १,७९,७०० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला २,०२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारदेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य मंगलबार १,८०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।