• Menu

सुनको मूल्यमा रेकर्ड, प्रतितोला १ लाख ७९ हजार ७०० रूपैयाँ

नेपाल प्रफिट

२०८१ चैत १९, ११:३०

सुनको मूल्यमा रेकर्ड, प्रतितोला १ लाख ७९ हजार ७०० रूपैयाँ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार ७०० रूपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १,८०० रूपैयाँले वृद्धि भएको हो ।

यसअघि सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो । लगातार नयाँ उचाइमा पुग्दै गरेको सुनको मूल्य मंगलबार पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला २,०३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको असर परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३१४७.९५ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्