काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च ३२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ अंकमा उक्लिएको हो ।
आज २२ कम्पनीको सेयर मूल्य घटेको छ भने २२२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार कारोबार रकम पनि बढेको छ । गत बिहीबार ५ अर्ब २२ करोडको कारोबार भएकामा आज ७ अर्ब ५६ करोड ८२ लाखको कारोबार भयो ।
आज जोशी हाइड्रोपावर ९.९४, दोर्दीखोला जलविद्युत ६.५७, कुमारी सवल योजना ६.३९, तेरथुम पावर ५.८७, गुँरास लघुवित्त ५.९५ र समलिङ हाइड्रोपावरको ५.८० प्रतिशत मूल्य बढेको छ लगानी सबै भन्दा धेरै २.०७ प्रतिशत बढ्यो ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.५३, जिवनबीमा ०.९४, अन्य २.०४, बैंकिङ ०.९९, विकास बैंक ०.९३, हाइड्रोपावर १.६३, होटल तथा पर्यटन १.४८, वित्त २.०६, व्यापार समुह, ०.२०,लघुवित्त ०.६८, निर्जीवन बीमाको ०.८३ प्रतिशत मूल्य बढेको छ भने म्युचुअल फन्ड ०.०९ प्रतिशत मूल्य घटेको छ ।
प्रभु स्मार्ट फन्ड ५.७९, सयपत्री हाइड्रोपावरको ३.८९, सामुदमयिक लघुवित्त २.२१, बोटलर्स नेपालको २ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै ६९ करोड १९ लाख बराबरको कारोबार भयो ।