• Menu

सुनको मूल्यमा आज फेरि रेकर्ड

नेपाल प्रफिट

२०८१ चैत १७, १०:४४

सुनको मूल्यमा आज फेरि रेकर्ड

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । शुक्रबारको तुलनामा आज आइतबार प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि रेकर्ड कायम भएको हो ।

शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ७६ हजार ८ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्