• Menu

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी, प्रशासनको कडा सुरक्षा व्यवस्था

नेपाल प्रफिट

२०८१ चैत १५, शुक्रबार १६:२३

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी, प्रशासनको कडा सुरक्षा व्यवस्था

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु लागू गर्ने निर्णय गरेको हो ।

राजावादी प्रदर्शन उग्र बनेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि सुरक्षाकर्मीहरूले माइकिङ गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका थिए ।

अहिले तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन सर्वसाधारणलाई चेतावनी दिएको छ भने सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्