काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रमा सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन्।
प्राप्त जानकारीअनुसार, प्रदर्शनकारीहरूले एउटा गाडीमा आगजनी गरेका छन् भने एउटा मोटरसाइकलमा तोडफोड गरेका छन्।
यसअघि, उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुससहित तीनकुने पुगेका प्रदर्शनकारीहरू उच्छृंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।
तीनकुनेबाट हटाइएपछि प्रदर्शनकारीहरू कोटेश्वर क्षेत्रमा जम्मा भई तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्।