• Menu

राजतन्त्र समर्थकको प्रदर्शन नियन्त्रणभन्दा बाहिर, प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप

नेपाल प्रफिट

२०८१ चैत १५, शुक्रबार १५:१७

राजतन्त्र समर्थकको प्रदर्शन नियन्त्रणभन्दा बाहिर, प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजतन्त्र समर्थकको प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ ।

प्राप्त विवरणअनुसार, राजतन्त्र समर्थकहरूको जुलुस बागमती पुल नजिकै पुगेपछि सुरक्षाकर्मीले रोकेका थिए । प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरूले ढुंगामुढा गर्न थालेका थिए  ।

झडपपछि प्रदर्शन स्थल नजिकै केही सर्वसाधारणका निजी घरमा आगजनी गरिएको छ। प्रदर्शनकारीहरूले पाँचवटा ट्याक्सीमा समेत तोडफोड गरेका छन्।

अहिलेसम्म घटनामा कति क्षति पुगेको छ भन्ने आधिकारिक जानकारी आइसकेको छैन । सुरक्षाकर्मीहरूलाई सतर्क राख्दै क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्