काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले शुक्रबार जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १:१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।