• Menu

सुनको भाउ प्रतितोला १४ सय बढ्यो, हालसम्मकै उच्च मूल्य कायम

नेपाल प्रफिट

२०८१ चैत १५, शुक्रबार १०:५६

सुनको भाउ प्रतितोला १४ सय बढ्यो, हालसम्मकै उच्च मूल्य कायम

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँ मूल्य बढेपछि रेकर्ड कायम भएको हो ।

बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ७६ हजार २ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्