• Menu

नेप्सेमा सीईओ नियुक्ति स्वार्थ समूहको ‘सुनियोजित हल्ला’

नेपाल प्रफिट

२०८१ चैत १४, २०:५६

नेप्सेमा सीईओ नियुक्ति स्वार्थ समूहको ‘सुनियोजित हल्ला’

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेलको नियुक्तिको नियोजित हल्ला चलाएको पाइएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बलिया प्रतिस्पर्धीलाई पाखा लगाउँदै ‘विचौलियासँगको मिलेमतो’मा लुइँटेललाई सीईओ नियुक्त गरेको हल्ला चलाइएको हो ।

नेप्सेको सीईओमा सबै प्रतिस्पर्धीमध्येका बलिया पूर्णप्रसाद आचार्य नियुक्त हुने लगभग निश्चित भएका बेला लुइँटेल नियुक्त भएको भनेर एक मन्त्रीले बताएका थिए । तर, मिडिया ट्रायलका रुपमा हल्ला चलाइएको पाइएको छ ।

कृषि विकास बैंकका अवकाश प्राप्त उच्च तहका कर्मचारी आचार्य सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएस एन्ड क्लियरिङको सीईओ भइसकेका व्यक्ति हुन् । उनलाई पाखा लगाउँदै स्वार्थ समूहले लुइँटेललाई नियुक्त गरेको हल्ला चलाउन मन्त्रीलाई समेत प्रयोग गरेको पाइएको छ ।

मुख्य सचिव एकनारायण अर्यालले नेप्सेको सीईओ नियुक्ति सम्बन्धमा आफूलाई जानकारी नभएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पनि मंगलबार मन्त्रिपरिषदका २७ निर्णय सार्वजनिक गर्दा नेप्सेको सीईओ नियुक्तिको विषय समावेश थिएन ।

प्रतिक्रिया दिनुहोस्