• Menu

दुई दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

नेपाल प्रफिट

२०८१ चैत १४, १५:५०

दुई दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २ दिनमै ८० अंकले बढेको छ । बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज बिहीबार ४१ अंकले बढेर २५८२.७३ अंकबाट २६६३.३ अंकमा उक्लिएको हो ।

नेप्से परिसूचकसँग कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ५ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा माथिको कारोबार भएको हो ।

आज सबै उपसमूह उकालो लागेका छन् भने व्यापार समूह सबैभन्दा उच्च ६.०९ प्रतिशतले बढेको छ । सबै समूह उकालो लाग्दा परिसूचक ४१.४३ अंकले बढेको छ । बजार सकारात्मक बन्दा २२७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

सर्वाधिक मूल्य बढ्ने ५ कम्पनीको सूचीमा सबै लघुवित्त छन् भने गुराँस र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्