काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ३९.१३ अंकले बढेर २६२३.२१ अंकमा उक्लिएको हो ।
आज १२ कम्पनीको सेयर मूल्य घटेको छ भने २३१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १८ करोडको कारोबार भएकामा आज ४ अर्ब १० करोड ४४ लाखको कारोबार भयो ।
आज माउटेन हाइड्रोपावर ५.८५, स्वेत गंगा हाइड्रोपावर ५.३५, मनकामनक इन्जिनियरिङ हाइड्रोपावर ५.१९, राप्ति हाइड्रो ४.९७, हाथवे इन्भेस्टमेन्ट नेपाल ४.४७ र मायाखोला हाइड्रोपावरको ४.४३ प्रतिशत मूल्य बढेको छ । जिवनबीमा सबै भन्दा धेरै २.१४ प्रतिशत घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.९८, लगानी १.६७, अन्य २.२८, बैंकिङ १.२०, विकास बैंक १.२७, हाइड्रोपावर १.८१, होटल तथा पर्यटन १.८१, वित्त १.८८, म्युचुअल फन्ड ०.९७, व्यापार समुह ०.४९,लघुवित्त १.४३, निर्जीवन बीमाको १.७९ प्रतिशत मूल्य घटेको छ ।
उपकार लघुवित्त ७.०९ र नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै ४१ करोड ८६ लाख बराबरको कारोबार भयो ।