काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह राताम्य भएपछि समग्र बजार परिसूचक ५८.०५ अंकले बढेर २५८२.७३ अंकमा ओर्लिएको हो ।
आज २४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । मंगलबार कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएकामा आज ५ अर्ब १८ करोड ७ लाखको कारोबार भयो ।
आज एन सी सी डिवेन्चर ४.५२, के बि यल डिवेन्चर ४.२२, मन्जुश्रि फाइनान्स ४.०३ र प्रभु स्मार्ट फन्डको ३.९३ प्रतिशत मूल्य बढेको छ । वित्त समुह सबै भन्दा धेरै ३.५० प्रतिशत घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.५०, लगानी २.०८, अन्य १.८२, बैंकिङ १.४२, विकास बैंक २.९९, हाइड्रोपावर ३.३१, होटल तथा पर्यटन २.७२, जिवनबीमा २.२०, म्युचुअल फन्ड ०.५१, व्यापार समुह १.८५,लघुवित्त २.४९, निर्जीवन बीमाको २.४६ प्रतिशत मूल्य घटेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको ८.७३, सपोर्ट माइक्रो फाइनान्स ७.३७, इस्ट्रन हाइड्रोपावरको ७.१९, सिन्धु विकास बैंक ६.७५ र विन नेपाल लघुवित्तको ६.७३ ८२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै २३ करोड २० लाख बराबरको कारोबार भयो ।