• Menu

कुलमान घिसिङको बर्खास्तगीविरुद्ध युवाहरूको प्रदर्शन, माइतीघर मण्डलामा विरोध

नेपाल प्रफिट

२०८१ चैत १२, १४:१५


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको सरकारले गरेको निर्णयको विरोधमा युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसपछि सत्तारुढ दलका नेताहरू समेत उक्त निर्णयको विरोधमा उत्रिएका छन्।

कुलमान घिसिङको बर्खास्तगीको निर्णयपछि मंगलबार बिहानै रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्