काठमाडौं । नेपाली बजारमा सुन-चाँदी मूल्य घटेको छ । गत शुक्रबारदेखि लगातार घटिरहेको सुनको मूल्य आज पनि ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि यसको असर परेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३१९.३२ डलरमा कारोबार भइरहेको छ।
यस्तै, सोमबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारका लागि १ हजार ९८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।