काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बलिया प्रतिस्पर्धीलाई पाखा लगाउँदै ‘विचौलियासँगको मिलेमतो’मा लुइँटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले बताएका छन् ।
नेप्सेको सीईओमा सबै प्रतिस्पर्धीमध्येका बलिया पूर्णप्रसाद आचार्य नियुक्त हुने लगभग निश्चित थियो । उनलाई नियुक्त गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक थिए । तर, अन्तिम समयमा विचौलियाको दबाबमा सरकारले लुइँटेललाई नियुक्ति दिएको छ ।
कृषि विकास बैंकका अवकाश प्राप्त उच्च तहका कर्मचारी आचार्य सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएस एन्ड क्लियरिङको सीईओ भइसकेका व्यक्ति हुन् ।