• Menu

नेप्से परिसूचक ५४ अंकले घट्यो, सबै उपसमूह राताम्य

नेपाल प्रफिट

२०८१ चैत १०, १५:२२

नेप्से परिसूचक ५४ अंकले घट्यो, सबै उपसमूह राताम्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ अंकमा ओर्लिएको हो ।

आज २३० कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब ५३ करोडको कारोबार भएकामा आज ६ अर्ब ३२ करोड १ लाखको कारोबार भयो ।

आज कुथेली बुखरीस्मल हाइड्रोपावरको २.६८, एन एम बिको ३.९४, आइ सि एफ सिको ३.८९, साङग्रिला डेभलपमेन्ट बैंकको २.०० र बराही हाइड्रोपावरको २ प्रतिशत मूल्य बढेको छ । वित्त समुह सबै भन्दा धेरै २.९८ प्रतिशत घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.४३, लगानी २.१२, अन्य १.७२, बैंकिङ १.५५, विकास बैंक २.३०, हाइड्रोपावर २.५०, होटल तथा पर्यटन २.३०, जिवनबीमा १.९७, म्युचुअल फन्ड ०.७१, व्यापार समुह २.८३,लघुवित्त २.३६, निर्जीवन बीमाको २.१५ प्रतिशत मूल्य घटेको छ ।

मिथिला लघुवित्तमा नकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावरको ७.३४, मायाखोला हाइड्रोपावरको ५.६६, अपर सोलु हाइड्रोको ५.४६ र भूगोल इनर्जि डेभलपमेन्टको ७.२७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै ४२ करोड ६३ लाख बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्