काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ दोहोरिएका छन् । पोखरामा बिहीबार आयोजित एसोसिएसनको १९औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् ।
सदस्यहरुमा लुम्बिनी विकास बैंकका सीईओ नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ दिनेश पोखरेल चयन भएको संघले जनाएको छ ।
पुनः निर्वाचित अध्यक्ष श्रेष्ठले सबै सदस्य बैंकहरुको सहयोगबाट विकास बैंकहरुको हकहितमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०८१/८२ को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।