• Menu

टाटाको ‘कलरफुल एक्सचेन्ज’ अफर बुधबारसम्म, कसरी लिने फाइदा ?

नेपाल प्रफिट

२०८१ चैत ५, १६:१४

टाटाको ‘कलरफुल एक्सचेन्ज’ अफर बुधबारसम्म, कसरी लिने फाइदा ?

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले सञ्चालन गरिरहेको ‘कलरफुल एक्स्चेन्ज’ बुधबारसम्म जारी रहनेछ । एक्स्चेन्ज कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडी टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी (ईभी) सँग साट्न सकिने सिप्रदीले जनाएको छ ।

यो एक्स्चेन्ज क्याम्प १९ मार्च (६ चैत) सम्म टाटा मोटर्सको देशैभरि रहेका सोरुममा आयोजना भइरहेको छ । एक्स्चेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेभलमा नेपालमा सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटको एसयूभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेका लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिल पाउन सक्नेछन् ।

कलरफुल एक्स्चेन्जमा गाडी किन्ने ग्राहकले आकर्षक ए बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एसेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्ने सिप्रदीले जनाएको छ ।

कार्यक्रमका अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्