काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्दै छ ।
अफरअन्तर्गत ग्राहकले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० हुने गरी छुट प्राप्त गर्नेछन् । यसका लागि भुक्तानी गर्न SCT-UPI कार्ड प्रयोग गरी पिओएस मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ । यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ । SCT-UPI कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुननजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।