• Menu

उच्च अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ फागुन २६, १५:२३

उच्च अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा ओर्लिएको हो ।

आज १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ८ वटा कम्पनीको भने स्थिर रह्यो ।

सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ९ करोडको कारोबार भएकामा आज ८ अर्ब ३७ करोड ८० लाखको कारोबार भयो ।

आज नेस्डो समृद्धि लघुवित्तमा सकारात्मक सर्किट लाग्यो भने  गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.३७, विन नेपाल लघुवित्तको ८.५३ र स्वभिमान लघुवित्तको ३.२० प्रतिशत मूल्य बढेको छ । अन्य समूहको ०.०८ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, म्युचुअल फन्ड समूह सबैभन्दा धेरै ३.०६ प्रतिशत मूल्य घटेको छ ।

बैंकिङ समूह ०.४४, वित्त ०.७०, लगानी १.५१, होटल तथा पर्यटन ०.९९, जीवन बिमाको ०.४१, जलविद्युत १.६६, विकास बैंक १.७१, निर्जीवन बिमाको १.२६, लघुवित्त १.१६, उत्पादन तथा प्रशोधन १.५१ र व्यापार समूहको १.६५ प्रतिशत मूल्य घटेको छ ।

उपकार लघुवित्त ६.९८, सिक्लेस हाइड्रोपावर ५.८६, आइ सि एफ सि ४.९० र उन्नति लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो । आज नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्