काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ७० हजार ४ सय रुपैयाँ निर्धारण तोकिएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २९११.८१ डलरमा कारोबार भइरहेको छ।
आइतबार १९ सय ८५ रुपैयाँमा करोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।