• Menu

सेयर बजार ४६ अंकले घट्यो, सबै उपसमूह राताम्य

नेपाल प्रफिट

२०८१ फागुन २५, १५:२५

सेयर बजार ४६ अंकले घट्यो, सबै उपसमूह राताम्य

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० अंकमा ओर्लिएको हो ।

आज २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । २ वटा कम्पनीको भने स्थिर रह्यो ।

आइतबार कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब १० करोडको कारोबार भएकामा आज १० अर्ब ९ करोड ३६ लाखको कारोबार भयो ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जि र आइ सि एफ सि फाइनान्समा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.६९ प्रतिशत मूल्य घटेको छ ।

बैंकिङ समूह १.३६, वित्त ०.८७, लगानी २.४९, होटल तथा पर्यटन ०.०३ जीवन बिमाको १.७४ जलविद्युत १.६६, विकास बैंक १.७१, निर्जीवन बिमाको १.२६, लघुवित्त १.५८ र उत्पादन तथा प्रशोधन ०.९१ र म्युचुअल फन्ड १.०४, व्यापार समूहको ०.८१ प्रतिशत मूल्य घटेको छ । उपकार लघुवित्त र सिन्धु विकास बैंकमा नकारात्मक सर्किट लागेको छ ।

राप्ति हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८, सगरमाथा जलविद्युत ५.२८ र लाइफ इन्स्योरेन्सको ५.०८ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्