• Menu

नेप्से चौथो दिनमा स्थिर, १०० कम्पनीको सेयर मूल्यमा वृद्धि

नेपाल प्रफिट

२०८१ फागुन २२, १६:०७

नेप्से चौथो दिनमा स्थिर, १०० कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से चौथो दिनमा स्थिर बनेको छ । लगातार नौ दिनमा २११ अंक बढेर घट्न थालेको नेप्से चौथो दिनमा करिब स्थिर देखिएको हो ।

नेप्से दसौं दिनमा सोमबार १३.६२, मंगलबार ३०.३६ र बुधबार २५.१६ अंकले घटेको थियो । आज बिहीबार नेप्से २.७ अंकले घटेर २८१८.४३ अंकमा छ । नेप्से घट्दा पनि १०० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने बैंक, विकास बैंक, उत्पादनमूलक र लघुवित्त समूहमा हरियाली छाएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त र राप्ती हाडड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम सामान्य घटेको छ । बुधबार १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब १० करोड रुपैयाँबराबरको मात्र सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्