काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा ओर्लिएको हो ।
आज १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ८ वटा कम्पनीको भने स्थिर रह्यो ।
बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएकामा आज १० अर्ब ९७ करोड २६ लाखको कारोबार भयो । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सामाज लघुवित्तमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.९५, माउटेन हाइड्रोपावरको ८.८२, गुराँस लघुवित्तको ७.४२ र सामुदायीक लघुवित्तको ६.६२ प्रतिशत मूल्य बढेको छ । व्यापार समूह ०.४३ प्रतिशत बढ्यो । वित्त समूह सबैभन्दा धेरै १.५५ प्रतिशत मूल्य घटेको छ ।
बैंकिङ समूह १.०४, अन्य ०.७६, लगानी १.२४, होटल तथा पर्यटन १.०५, जीवन बिमाको १.४५, जलविद्युत ०.३७, विकास बैंक १.३१, निर्जीवन बिमाको १.५१, लघुवित्त ०.५० र उत्पादन तथा प्रशोधन ०.९४ र म्युचुअल र फन्डको ०.१५ प्रतिशत मूल्य घटेको छ ।
ग्रिन डेभलपमेन्टको ६.८, सप्तकोशी विकासको ५.५ र उपकार लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो । आज हिमालयन रिइन्स्योरेन्सको ९६ करोडभन्दा बढीको कारोबार भयो ।