• Menu

मोरङको बक्राहा खोला किनारमा एकै डोरीमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

नेपाल प्रफिट

२०८१ फागुन २०, १६:४२

मोरङको बक्राहा खोला किनारमा एकै डोरीमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

मोरङ । मोरङको बक्राहा खोला किनारमा एउटै डोरीमा झुन्डिएको अवस्थामा पुरुष र महिला मृत फेला परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारको पिठारीको रुखमा करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जुबामुनी हस्ताको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार दुबै जना विवाहित थिए । जुबामुनीका पति वैदेशिक रोजगारका लागि विदेशमा रहेका छन् भने उनको एक वर्षीय छोरा छन् । त्यस्तै, अजयका पनि दुई सन्तान रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार अजयले आइतबार राति जुबामुनीलाई आफ्नै घरमा बोलाएका थिए । भोलिपल्ट घरबाट बाहिरिएका उनीहरू मंगलबार रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रेम सम्बन्धका कारण तनाव उत्पन्न हुन सक्ने आशंका गर्दै दुवैले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्