• Menu

बीवाईडी हाइटेक विक आरम्भ, विद्यार्थीलाई नि:शुल्क प्रवेश

नेपाल प्रफिट

२०८१ फागुन १५, १४:५६

बीवाईडी हाइटेक विक आरम्भ, विद्यार्थीलाई नि:शुल्क प्रवेश

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाइटेक विक २०२५ को आरम्भ गरेको छ । नेपालका लागि चिनियाँ दूतावासका कमर्सियल काउन्सलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ एवं साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायत उच्च अधिकारीको उपस्थितिमा यो विशेष इभेन्ट आयोजना गरिएको हो ।

इभेन्टको मुख्य आकर्षण बीवाईडीका अत्याधुनिक सवारी साधनहरु याङवाङ यू८, एफसीबी बाओ, डेन्जा जेड, डेन्जा डी९ र बीवाईडी सार्क ६ छन् । यी सवारी साधनले अटोमोटिभ टेक्नोलोजीको नयाँ युगको प्रतिनिधित्व गर्ने साइकेक्स इंकले जनाएको छ । जसले इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनः परिभाषित गर्दै सुरक्षा, पर्फर्मेन्स र नवप्रवर्तनको अत्याधुनिक प्रगति प्रस्तुत गरेको जनाएको छ ।

इभेन्टमा विभिन्न नयाँ र पछिल्ला मोडेलहरुको लाइभ डेमो प्रदर्शन गरिएको छ । त्यस्तै बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको पनि प्रदर्शन गरिएको छ । यो ब्याट्री थर्मल रनवे जस्ता खतरनाक अवस्थाहरूमा पनि सुरक्षित रहन सक्षम रहेको पुष्टि गरिएको छ ।

साथै, बीवाईडीको एड्भान्स्ड ई-प्लेटफर्म ३.० को प्रस्तुति पनि इभेन्टमा गरिएको थियो । जसले अधिक क्षमता भएको पावर आउटपुट, अप्टिमाइज गरिएको ब्याट्री क्षमता र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट प्रणाली प्रदान गर्छ ।

डेन्जा जेड९जीटीको कम्पास टर्न फिचरले सानो स्थानमा पनि सजिलै सवारी चलाउन सकिन्छ भने अटोमेटिक पार्किङ फिचरले पार्किङलाई सहज बनाउँछ । यसका साथै, एफसीबी बाओ५ को इन्टेलिजेन्ट सस्पेन्सन सिस्टमले विभिन्न सतह र टेरेनमा पनि सवारीलाई सुविधाजनक बनाउँछ ।

याङवाङ यु८ मा रहेको ट्यांक टर्न फिचरले अफ-रोडमा पनि सहजै गुड्ने कम्पनीले जनाएको छ । यसमा डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम पनि रहेको कम्पनीले जनाएको छ । यसले अति कठिन अवस्थामा पनि सवारीलाई नियन्त्रणमा राख्छ ।

बीवाईडी हाइटेक विकले अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसन अघि बढाउने बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । यस इभेन्टमा प्रदर्शित प्रविधिहरूले बीवाईडीको नेतृत्वलाई ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बल दिएको छ ।

‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सम्भावनाका सबै सीमाहरुलाई बीवाईडीले पार गर्दै आएको छ । बीवाईडी हाइटेक विकले हाम्रो भिजनको झलक प्रस्तुत गर्दै नेपालमा हालसम्मकै अत्याधुनिक अटोमोटिभ टेक्नोलोजी उपलब्ध गराउँछ,’ साइमेक्स इंकका अध्यक्ष श्रेष्ठले भने ।

बीवाईडी हाइटेक विक २०२५ फेब्रुअरी २७ देखि मार्च २ सम्म जारी रहनेछ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न गतिविधि हुनेछन् । अवलोकनकर्ताले आफ्नो अनुकूल समयमा इभेन्ट भ्रमण गर्न सक्नेछन् । बीवाईडी हाइटेक विक २०२५ का लागि ई-सेवामार्फत टिकट लिन सकिनेछ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्